ब्रेकिंग न्युज

नेकपाकी सांसद सानु शिवाको निधन



 नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद सानु शिवाको निधन भएको छ। मुटुको समस्या भएकी उनको काठमाडौंको सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचार क्रममा बुधबार निधन भएको अस्पतालले जनाएको छ।कमजोर स्वास्थ्य अवस्था रहेकी शिवाको दुवै मिर्गौलाले २०६२र६३ देखि काम गर्न छाडेका थिए। उनले भारतमा पुगेर मिर्गौला प्रत्यारोपण गराएकी थिइन्। त्यस्तै पाठेघरमा ट्युमर देखिएपछि शल्यक्रिया गराएकी थिइन्। पछिल्लो समय उनको मुटुमा भल्भ राखिएको थियो।उनी इलामबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्। शिवा जनवादी गीत गाउँदै राजनीतिमा लागेकी थिइन्।

    दलित महिलाको उत्थान तथा लैङ्गिक विभेदविरूद्ध शिवाले आवाज उठाउँदै आएकी थिइन्। उनको जन्म ताप्लेजुङको फुङलिङमा भएको थियो।यसैबीच प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले शिवाको निधनमा दु:ख व्यक्त गरेका छन्।उनले ट्वीट गर्दै भनेका छन्-हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी  सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुस्ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६