बुटवल २८ असोज। बालवालिका माथि हुनसक्ने दुर्व्यवहार र हिंसा नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीले अभियान शुरु गरेको छ । कोभिड–१९ को जोखिममा बालबालिका विरुद्धका दुर्व्यवहार, हिंसा र विपद्का कारण अकालमा ज्यान गुमाउने घटना न्युनिकरण गर्न विशेष कार्यक्रम शुरु गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार बैदवारका अनुसार पहिलो चरणमा प्रदेश मातहतका १२ जिल्लामा बालबालिका संरक्षणको क्षेत्रमा सक्रिय सामाजिक संस्थाहरुसँग अन्तरक्रियागरेको छ ।
‘कोभिडको बहानामा बालबालिकामाथि कुनै प्रकारका हिंसा हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’प्रदेश प्रहरी कार्यालयमा बालबालिकाको बारेमा उजुरी सुन्ने हेल्प डेस्क राखिएको छ प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले भने। हिंसामा परेकालाई तत्काल उद्धार, उपचार र काउन्सिलिङका साथै हिंसा नियन्त्रण गर्न टोल–टोलमा प्रहरी गस्ती टिममार्फत सचेतना थालिएको छ । बालबालिका माथि हिंसा भएको थाहा पाएमा प्रहरीलाई खबर गर्न प्रदेश प्रहरी कार्यालय लुम्बिनीले आग्रह गरेको छ ।
प्रतिक्रिया