काठमाडौं २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेकोमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै औपचारीक प्रतिकृया जनाउनु भएको छैन । प्रधानमन्त्री ओलीले बुधबार रिक्त मन्त्रालय तीनजनालाई नियुक्त गर्दै दुई जनाको मन्त्रालय हेरफेर गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएपछि कतिपय संचार माध्यमले प्रचण्ड असन्तुष्ट भनेपनि उहाको औपचारीक प्रतिकृया आएको छैन । त्यसमा अध्यक्ष दाहालको मौनता रहेको छ । दाहाल पार्टी स्थायी कमिटीको निर्णयअनुसार सरकार प्रभावकारी रुपमा सञ्चालन गर्न अपवादबाहेक सबै मन्त्री फेर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो। तर, प्रधानमन्त्रीले सिमित मन्त्रीलाई किस्ताबन्दीमा फेर्न लाग्नु भएको हो ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिपरिषद् पुनर्गठनबारे पटक पटक वार्तामा बसिरहेका थिए। तर, उनीहरुबीच कसरी गर्ने सहमति बन्न सकेको थिए। आज पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच करिब अढाई घण्टा भेटवार्ता भएको थियो। कओलीले ३ मन्त्रीलाई नियुक्त गर्ने प्रचण्डलाई जानकारी दिनु भएको थियो । त्यतिबेला पनि प्रचण्डले प्रतिकृया दिनु भएको थिएन ।
प्रतिक्रिया