अर्थ-वाणिज्य

नवनियुक्त मन्त्रीकोको सपथ आज,नयाँ अर्थमन्त्रीवाट फेरी पनि २ तिहाईको अपेक्षा !



कपिलवस्तु २९ असोज । प्रधानमन्त्री केपि ओलीले लामो जोखना हेरेपछि अन्तत्वगोत्वा बुटवलवाट निर्वाचित सांसद एवम् नेकपाका महासचिव बिष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिनु भएकोछ । अर्थसास्त्रका विद्वान समेत रहेका तत्कालिन अर्थमन्त्री यूवराज खतिवडाले जनमुखी काम गर्न नसकेको भनेर आलोचना खपेर वाहिरिएसंगै नेकपा प्रतिको जनविश्वास आर्जन गर्न पौडेल अर्थमन्त्रीमा नियुक्त हुनु भएको हो । 

    यस अघिको कार्यकालमा अर्थमन्त्री हुदा विकास निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति देखाउदै आर्थिक बृद्धि उच्च पार्न सफल भएका पौडेललाई ओलीले फेरी अर्थमन्त्री बनाउनुको तात्पर्य अवको चुनावमा नेकपालाई फेरीपनि २ तिहाई मत दिलाउने गरी आर्थिक सुधार र उत्थानका प्याकेज ल्याउन र कार्यान्वय गर्नका लागि हो भन्ने ओली निकटस्थको विष्लेषण छ । यता नवनियुक्त मन्त्रीहरुको बिहीबार सपथग्रहण हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार बिहीबार सपथग्रहण गर्नेगरी तयारी थालिएको छ ।

    यद्यपी समय भने तय भइसकेको छैन  । नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नियुक्ति गर्नु भएको हो  ।  यसअघि अर्थमन्त्री रहेका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा रहिरन नमिल्ने भएपछि उनले राजीनामा दिएसँगै अर्थमन्त्रालय पद रिक्त रहँदै आएको थियो । 

    यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बन्नु भएको छ भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बन्नु भएको हो ।यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । अन्य मन्त्रीहरुमा भने यसअघिकै यथावत रहेका छन् । ३ जना मन्त्री थपिएसंगै नेकपा भित्र माधव नेपाल असन्तुष्ट रहेको भन्ने समाचार आएका छन् ।

    ओलीले यस विषयमा माधव र झलनाथसंग  छलफल नगरेपनि प्रचण्डसंग छलफल गर्नु भएको बुझिएको छ । मन्त्री कसलाई बनाउने भन्ने टुंगोलागेपनि सबैलाई एउटै प्याकेजमा गर्दा राम्रो हुने प्रचण्डको मत थियो । तर ओलीले किस्ताबन्दीमा पुनरगठन शुरु गर्नु भएको हो ।

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६