काठमाण्डौ ३० असोज । नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार दावा स्टेभन शेर्पा नेतृत्वको टोलीले बरुन्त्से हिमाल आरोहण गरेको हो । भदौ २१ गते प्रस्थान गरेको ७ जनाको टोली हिजो चुचुरोमा पुगेको उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार जारी सिजनमा यो दोस्रो र नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो । खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ।
३० आश्विन २०७७, शुक्रबार
प्रतिक्रिया