ब्रेकिंग न्युज

मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप नगर्न प्रधानमन्त्री ओलीको आग्रह



काठमाण्डौ ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप गर्नु उचित र सैह्य नहुने बताउनुभएको छ ।६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप गर्नु उचित र सैह्य नहुने बताउनुभएको हो । उहाँले बलात्कार लगायतका घटना लुकाउनको लागि सामाजिक दबाब र भनसुन, विभिन्न खालमा प्रभाव आए पनि कानुन कार्यान्वयनमा अघि बढ्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।निष्पक्ष अनुसन्धान कानुन कार्यान्वयन र कानुनी राज्यको आधार भएकाले पीडितलाई न्याय दिन र राज्यमा दण्डहीनता अन्त्यको लागि पनि आवश्यक भएकाले पारदर्शी सेवा संचालन गर्न प्रहरीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६