ब्रेकिंग न्युज

प्रहरीको रासन सुविधा र कल्याणको कार्यक्रम समानुकुल सुधार गर्न गृहमन्त्री तयार



काठमाडौं ३० असोज।  प्रहरीको रासन सुविधा र कल्याणको कार्यक्रम समानुकुल सुधार गर्न आफू तयार रहेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् ।  नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै बादलले भने, ‘रासन सुविधा र कल्याणको कार्यक्रम समयानुकुल सुधार गर्न मन्त्रालय तत्पर रहेको बताएका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले भने ’काठमाडौं उपत्यकामा अहिले प्रहरी जवानले दैनिक १ सय ७५ रुपैयाँ रासन खर्च पाउँछन् । दुर्गममा रासन सुविधा फरक छ । 

       प्रहरीको हजारौं राम्रो कामको वेवास्ता र औंलामा गन्न सकिने केही कमजोरीको प्रचार गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै बादलले भने, ‘प्रहरीलाई तेजोबध हैन,  रचनात्मक सुझाव अहिलेको आवश्यकता हो ।’संघीय प्रणालीमा रुपान्तरण हुनका लागि तयार रहन प्रहरी अधिकारीलाई निर्देशन दिँदै उनले लकडाउन र कोरोना संक्रमणका कारण नयाँ सुरक्षा चुनौती थपिएको बताए ।

 ‘भूमिगत समूहले चन्दा असुली गर्ने प्रयास गरिरहेका छन्, त्यस्ता समूहलाई निस्तेज पार्न प्रहरीले कतै सम्झौता गर्ने छैन भन्ने मेरो विश्वास छ,’ थापाले भने–‘ शान्ति मिसनमा थप सहभागीता गराउन सम्बन्धित निकायसँग समन्वयका लागि सुझाव दिन्छु ।’ प्रहरीमाथि जनताको अगाध आस्था र विश्वास रहेको उल्लेख गर्दै उनले भने–‘सो आस्था जोगाउन इमान्दारीता र र व्यवसायीक कार्यको विकल्प छैन ।’

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६