प्रदेश

मन्त्री चौधरी सहित निकटस्थ सबैमा कोरोना संक्रमण



रुपन्देही १ कार्तिक । लुम्बिनी प्रदेश सरकारका प्रबक्ता एव भौतिक पुर्बधार बिकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्री चौधरीले आफुलाई कोरोना संक्रमण भएको भन्दै सामाजिक सन्जाल फेसबुक मार्फत पुष्टि  गर्नु भएको हो । शुक्रवार आएको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ  म संग सम्पर्कमा रहेका सबैलाई सजकता अपनाउन अनुरोध गर्दछु मन्त्री  चौधरीले फेसवुकमा उल्लेख  गर्नु भएको छ ।

     त्यस्तै श्रीमती द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी ड्राईभर यमवहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले जनाउनु भएको छ ।संक्रमित पांच मध्ये मन्त्री चौधरीलाई रुघा लागेको छ भने अन्य ४ जनालाई कुनै लक्षण देखिएको बताईएको छ ।

प्रकाशित : १ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६