अर्थ-वाणिज्य

३ बर्षका उपलब्धी गर्वगर्न लायक भन्दै मेयरले सुनाए यस्तो कहानी



कपिलवस्तु १ कार्तिक  कपिलवस्तुको शिबराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले आफूले चुनावका बेला जनतासामु राखेका प्रतिबद्धताहरु हरेक क्षण संझेर काम गरेको वताउनु भएको छ । उहाले बाकी कार्यकालमा रहेका अरु प्रतिवद्धता पूरा गर्ने बताउनु भएको छ । बुद्ध आवाज टेलिभिजन संग कुराकानी गर्दै मेयर अधिकारीले एक कहानी सुनाउदै भन्नुभयो छरेको जति बीउ उम्रदैन ,उम्रेको जति फुल्दैन ,फुलेको जति फल्दैन ,फलेको जति बच्दैन भन्दै तर आफूले बालेको कुरा पुरा गर्न भने सतप्रतिशत कटिबद्ध भएर लागेको बताउनु भएको हो ।

     नगरपालिका गर्ने हरेक कार्यमा नागरिकहरुमा नगरबासीको साथ रह्यो र संगै समयले पनि साथ दियो भने आफ्ना लक्ष्य पूरा गर्न सकिने स्पष्ट पार्नू भएको छ । निर्वाचित भएर आएको अढाई बर्षसम्म भएका केही मूख्य उपलब्धिहरुका बिषयमा जानकारी गराउदै नगरप्रमुख अधिकारीले चन्द्रौटा बजार क्षेत्रमा रहेको फोहोर ब्यवस्थापन ,४५ किलो मिटर सकड कालोपत्रे , ढेड सय मिटर सडक ग्राभेल , अधिकांश हिलाम्मे र धुलाम्मे हुने सडकहरु मर्मत ,सडक नपुगेका गाउँहरुमा सडक निर्माण लगाएतका कामहरु भएको बताउनु भएको छ ।

    यस्तै मातृशिशुको मृत्युदरलाई न्यूनिकरण गर्नका लागि पालिकामा ५ वटा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको बताउदै शिबराज नगरलाई खरको छानोमुक्त बनाउने अभियान अन्तर्गत ११ वडामा गरि ४ सय ४० घरपरिवारलाई टिन वितरण गरेको जानकारी गराउनुभयो । यसैगरि शिक्षा क्षेत्रमा धेरै कामहरु भएको बताउदै बिद्यालयहरुको पठनपाठनको सवालमा शिक्षक कम दरबन्दी नभएका बिद्यालयहरुमा ५१ वटा शिक्षकलाई स्वयमसेवको रुपमा खटाएको बताउनुभयो । 

    यस्तै ७ जना शिक्षकलाई पुनः थप्ने तयारी भएको बताउदै ति शिक्षकहरुलाई नगरले स्वयम तलब खुबाईरहेको जानकारी दिनुभयो । शिक्षाको मुहार नफेरिएसम्म देशको बिकास नहुने बताउदै भौतिक पूर्बाधारको समस्या भएका बिद्यालयहरुलाई ब्यवस्थित गरेको बताउनुभयो ।यसैगरि ३ बर्षभित्र सबैलाई धाराका पानी खुबाउने लक्ष्य रहेको बताउदै बजेट अभावका कारण समयमै पूरा हुन नसकेको बताउनुभयो । तर पनि केही वडामा प्रदेशको सहयोगमा खानेपानीका ठूला योजनलाई अघि बढाएको जानकारी दिनु  भयो । 

    छाडा चौपाया ब्यवस्थापनका लागि नगरमा कान्जी हाउस र गिद्ध रेष्टुरेन्ट सञ्चालन गर्ने तयारीमा शुरु भइसेकेको पनि जानकारी गराउनुभयो । मेयर अधिकारीले नगरपालिकाले नगरको गुरुयोजना बनाईसकेको बताउदै गुरुयोजना भित्र नगरमा सच्चालिस  किलोमिटरको चक्रपथ रहेको बताउदै १३ किलोमिटर चक्रपथ निर्माण भईसकेको बताउनुभयो । यस्तै गतबर्ष आर्थिक बर्षमा ६५ प्रतिशत योजना र कार्यक्रमहरु सम्पन्न भएको बताउदै बाकी ३५ प्रतिशत योजना र ति योजना र बजेट यसबर्ष कार्यान्वयन भईरहेको बताउनुभयो । कृषिमा पनि हरेक बर्ष दुईतिन करोड आन्तरिक बजेट बिनियोजन गर्दै आएको बताउदै कृषि क्षेत्रमा लगानी र उत्पादनमुलक कार्यक्रम नगरमा रहेको बताउनुभएको  छ ।

प्रकाशित : १ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६