विचार/ब्लग

मर्निङ्ग वाक श्रीखण्ड की खुर्पाको बींड ?



 भनिन्छ श्रीखण्ड त्यसो चिज हो जसको महत्व जान्नेले पवित्र यज्ञ महायज्ञमा प्रयोग गर्छ । महत्व नवुझ्नेले त्यसलाई खुर्पाको बींडको रुपमा प्रयोग गर्न सक्छ । हो यस्तै विहानको हिडडुल (मर्निङ वाक )पनि यस्तै हो महत्व  बुझेर निरन्तर अपनाए आयू बढ्छ । निरोगी भइन्छ । महत्व नबुझे विहानमा सुत्नु मै मजा आउछ । तर आजकल आफ्नो स्वास्थ्यप्रति धेरै नागरिक सचेत बन्दै गएका छन । विहानको समयमा ४ वजेदेखि मोर्निङ  वाक जानेको सडक भरि ताँती लाग्ने गर्छ । १० वर्षका वालवालिका देखि ८० वर्षका वृद्ध वृद्धाहरु सडकमा हिडेको देखिन्छ । सडकमा दौडिने , शारिरीक व्यायाम गर्ने मानिसहरुको बाक्लो उपस्थिती सडकमा हेर्न सकिन्छ । वालवालिका , युवा देखि वृद्ध सम्म एका विहानै सडक गुञ्जिन्छ । विहानको समयमा हिन्दा स्वास्थ्यलाई निकै फाइदा हुने भएपछि सबै नागरिकहरु आफ्नो स्वास्थ्य प्रति सचेत बन्दै गएका हुन । अस्वस्थ नागरिकहरु पनि लोरो टेकेर सडकमा हिडेको देखिन्छ । युवा युवतीहरु पनि विहानको समयमा  सडकमा दौडिने , शारिरीक व्यायाम गर्ने गर्छन । 

विहानमा हिड्नु फाइदाजनक :

विहानको समयमा हिन्दा शरीरलाई धैरै कुरामा फाइदा हुने सबै नागरिकलाई जानकार छ। साना देखि ठुला सम्मका मानिसहरुले विहानको समयमा हिन्दा निकै फाइदा पुग्ने बताउछन । विहान ठिक ४ वजेको आलाराम कानमा पर्ना साथ उठेर मोर्निङ वाकमा निस्कनु धैरै जसो नागरिकको दिनचार्य बनेको छ । विहानको समयमा हिन्दा स्वस्थ हावा पाउनाले दिनभर शरीर फुर्ति रहन्छ भने  वजन कम गर्न समेत मद्धत पुर्याउछ । 

 धेरैजसो मानिसहरू बिहाँनको समयमा हिड्ने गर्दछन् । तर, केही मानिसहरू भन्छन् ‘बिहाँनको बेला नै मिठो निद लाग्ने हुनाले उठ्नै अल्छि लाग्दछ ।’ आजको व्यस्त समयमा आफ्नो शरीरका लागि केही समय निकाल्न सकेनौं भने त्यसले विभिन्न रोग निम्त्याउने सम्भावना रहन्छ । त्यसैले बिहान जम्मा ३० मिनेट मात्रै मर्निङ वाकमा जाँदा पनि मोटोपन, हृदयरोग, पेटको बिमारी लगायतका धेरै विमारबाट मुक्त भइन्छ । 

हिड्नु उत्तम ब्यायमः 

मानिसहरू फिट रहनका लागि बिहान विभिन्न प्रकारका उपायहरू गर्छन् । एक्सरसाइज, योगा, डान्स तथा फिटनेस क्लवमा पनि धाउँछन् । तर, स्वास्थ्य विज्ञहरूका अनुसार शरीरलाई स्वस्थ र फिट राख्नका लागि बिहान साँझ हिड्नु भन्दा राम्रो व्यायाम अरु हुँदैन् ।मधुमेहबाट पनि बच्न सकिन्छ। नियमति रुपमा बिहाँनको समयमा हिड्दा मधुमेहका विमारीलाई फाइदा हुन्छ । मधुमेहका विरामीहरू बिहान हिड्दा ब्लड सुगर कम भएको पाउछन् । 

हृदयघातबाट बच्न सकिन्छ :

बढ्दो उमेरमा यदि हामी दिनहुँ केही समय बिहानमा हिड्ने बानी ग¥यौं भने शरीरलाई राम्रो व्यायाम हुन्छ । यस्ता व्यक्तिहरूलाई हृदयघातको समस्या कम हुन्छ । हिडाइको गति बढाउँदा मुटुको धड्कन पनि त्यहि अनुसार चल्ने हुनाले शरीरमा गर्मी हुने र यसकारण शरीरमा अक्सिजनको राम्रो असर हुने हुनाले शरीरलाई फिट राख्दछ ।

मोटोपन घटाउँछ :

बिहानको समयमा हिड्दा हाम्रो शरीरको वजन सन्तुलन राख्न सकिन्छ । आधाघण्टामा कम्तिमा पनि १५० क्यालोरी उर्जा खपत हुनाले यसले वजन नियन्त्रण गर्न सहयोग गर्दछ ।तनावबाट बच्न सकिन्छ( बिहानको हिडाइले एक्सरसाइज मात्र नभएर  स्फूर्तिको संचार गर्दछ । किनकी यसले मनमा भएको तनाव कम गर्दछ । सुरुवाती दिनर्मा  केही थकाइ लागे पनि विस्तारै बानी पर्दै जान्छ ।

आयू बृद्धि :

उमेर पनि बढ्छ–दैनिक बिहान हिड्नाले तपाईको उमेर बढाउन मदत गर्दछ । एक रिर्सचका अनुसार ७५ मिनेट  जोडले दौडदा वा हिड्दा उमेर १ दशमलव ८ वर्ष बढ्न सक्ने बताइएको छ ।मानसिक रुपमा पनि स्वस्थ भइन्छ ।जो मानिसहरू हरेक दिन बिहान वा साँझको समयमा हिड्छन् उनीहरूको सोच्न सक्ने क्षमतामा पनि वृद्धि हुन्छ । विहान हिड्दा प्रकृतिको नजिक भइने तथा मनमा आनन्द हुन्छ । त्यसले चिन्तन गर्ने क्षमता बढाउछ । मनमा चिन्ता बढ्ने र नकारात्मक सोच आउने मानिसहरूलाई त झन धेरै फाइदा गर्दछ । 

प्रकाशित : १ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६