ब्रेकिंग न्युज

तीन हजार १६७ संक्रमित थपिए ।



पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा एक हजार ७४६ सहित देशभर तीन हजार
१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँमा एक हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ नयाँ सङ्क्रमित
थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा
१५ हजार ४३८ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । नेपालमा कूल
सङ्क्रमितको सङ्ख्या एक लाख २९ हजार ३०४ पुगेको छ । हालसम्म १२ लाख ६९ हजार
६०५ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार २५ हजार ३४८ सङ्क्रमित होम आइसोलेसन र १३ हजार २९९
सङ्क्रमित संस्थागत आइसोलेसनमा छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार
७३७ पुगेको छ । सङ्क्रमितमध्ये २९० जनाको आइसियू र ६६ जनाको भेन्टिलेटरमा
उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ८०० जना कोरोना मुक्त भएका छन् । यससँगै
नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या ८९ हजार ८४० पुगेको छ । जुन कूल
सङ्क्रमितको ६९.४ प्रतिशत हो ।

मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर,
ललितपुर र काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय
सङ्क्रमित छैनन् । कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७२७ पुगेको छ । रासस

प्रकाशित : १ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६