अन्तर्राष्ट्रिय

कोरोना संक्रमणबाट विश्वभर १ हजार १० जना नेपालीको ज्यान गयो



काठमाडौँ २ कार्तिक ।  विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो ।गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।  

          गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो शनिवार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए ।तीमध्ये ३८ हजार ६ सय ४६ जना नेपालीहरु संक्रमण मुक्त भएका छन् ।  संक्रमित नेपाली मध्ये लगभग ९१ प्रतिशत भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।यस्तै नेपालमा मात्र १ लाख २९  हजार ३ सय ४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ८९ हजार ८ सय ४० जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ६९ दशमलव ५ प्रतिशत हो ।

  हालसम्म नेपालमा ७ सय २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । नेपालसहित विश्वभर १ लाख ७१ हजार ४ सय ४ जना कोरोना संक्रमण देखिएको छ भने ति मध्ये १ लाख २८ हजार ४ सय ८६ जना संक्रमण मुक्त भएका छन् । विश्वभर संक्रमित नेपाली मध्ये ७४ प्रतिशत कोरोना मुक्त भएका छन् ।नेपालसहित विश्वभर १ हजार १० जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको छ ।

प्रकाशित : २ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६