ब्रेकिंग न्युज

आफ्नो दसैंँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई सांसद रावलको पत्र



 काठमाडौं  २ कात्तिक । नेकपा नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दसैंँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन् ।संसद सचिवालयका महासचिवलाई पत्र लेखी रावलले आफ्नो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् ।‘यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाई हुने भएमाभत्ता बराबरको म बाट चेक लिएर वा मेरो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने गरी जुन त्यस सचिवालयलई सहज हुन्छ सोही अनुरुप गर्नुहोला’ रावलले पत्रमा लेखेका छन् ।नेता रावलले देश विषम परिस्थिति तथा आर्थिक कठिनाईमा रहेका बेला सांसदहरुका लागि दसैँभत्ता बापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने बताएका छन् ।

प्रकाशित : २ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६