कपिलवस्तु १ कार्तिक
भालुवाङ र अर्घाखाँचीको भिरपाखामा प्रदेश राजधानीका संरचना बन्दै गर्दा त्यो संगै जोडिएको शिवराज कपिलवस्तुको समथर भूभगमा कुनै न कुनै संरचना बनाउन प्रदेश सरकारसंग जोडदार पहल गर्ने शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले वताउनु भएको छ । शिवराजको भूगोल कुनैपनि हालतमा अहिले प्रस्तावित भन्दा कमजोर नरहेको उल्लेख गर्दै मेयर अधिकारीले भन्नु भयो— हाम्रा तर्क र न्यायसंगत मागहरु मुख्यमन्त्री शंकर पोखरेलले सुन्नुपर्छ भन्दै उहा हाम्रै नेता हो हामीलाई उपेक्षा गर्न मिल्दैन भन्नु भयो ।
बुद्ध आवाज टेलिभिजन र प्रेसपाटी अनलाइनकालागि पत्रकारसंग कुराकानी गर्दै मेयर अधिकारीले यस्तो वताउनु भएको हो । उहाले आफूले गर्न खोजेका र गरेका कामवारे वताउन एक कहानी सुनाउदै भन्नुभयो छरेको जति बीउ उम्रदैन ,उम्रेको जति फुल्दैन ,फुलेको जति फल्दैन ,फलेको जति बच्दैन भन्दै तर आफूले बालेको कुरा पुरा गर्न भने सतप्रतिशत कटिबद्ध भएर लागेको बताउनु भएको हो ।
प्रतिक्रिया