प्रदेश

रहेनन कम्युनिष्ट नेता पुरी : नेकपाद्धारा शोक ब्यक्त



कपिलवस्तु कात्तिक २ गते 

नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुहुने नेकपाका नेता शिव पुरीको दुखःद् निधन प्रति नेकपा कपिलवस्तुद्धारा शोक विज्ञप्ती मार्फत श्रद्धाञ्जली प्रकट गरेको छ ।  शुद्धोधन ६, बिमिया, कपिलवस्तु निवासी शिव पुरीको काठमाण्डौंमा भएको दुःखद् निधनबाट सिंगो पार्टीलाई अपुरर्णिय क्षती पुगेको नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । जारी विज्ञप्तीमा कपिलवस्तुको पार्टी निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्नुभएका पुरी सरल, शालिन, अनुशासित, कुशल ब्यक्तित्व हुनुहुन्थ्र्यो भनिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनका नेता स्व. शिव पुरीका असल क्रियाकलापलाई स्मरण गर्दा मात्र उहाँ प्रति सच्चा सम्मान हुने विज्ञप्तीमा भनिएको छ । 

जारी विज्ञप्तीमा स्व. शिव पुरी प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदन प्रकट गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । 

प्रकाशित : २ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६