प्रदेश

राजधानीमा पुरानो मितिका कपाली कागज समेत स्वत बदरयोग्य :प्राधिकरण



दाङ ३ कात्तिकलुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा किन्न कठ्ठाको ३ लाखको दरले जग्गाधनीलाई ३९ लाख रुपैयाँ बुझाए । तर, अर्का व्यक्तिले त्यही जग्गा प्रतिकठ्ठा १२ लाख रुपैयाँका दरले किने । साविक प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका कायम भएपछि भएका जग्गा कारोबारका केही उदाहरण हुन् यी ।

     प्रदेशको राजधानी घोषणा भएकै दिन प्रदेश ५ सरकारले राजधानी रहने भनिएका राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँची गाउँपालिकाका वडा नं. ८ र ९ मा जग्गा किनबेच वा कित्ताकाट गर्न रोक लगाएको छ । तर, ती क्षेत्रमा फुकुवा भएपछि पास गर्ने सर्तमा जग्गाको अवैध कारोबार ह्वात्तै बढेको छ ।

    कपाली तमसुकका आधारमा जग्गा किन्ने र बेच्ने क्रम जारी छ । यस्तो कारोबारलाई अवैध मानिए पनि प्रहरी प्रशासनले कसैलाई कारबाही गरेको सार्वजनिक भएको छैन । भालुबाङ बजार ऐलानी भएकाले बजारभित्र भने कारोबार भएको जानकारी आफूलाई नरहेको पोखरेलले बताउनुभएको छ । भालुबाङ बजार ३१ बिघा ७ कठ्ठा ऐलानी जग्गामा फैलिएको छ । त्यहाँ ठूलाठूला भौतिक संरचना बने पनि जग्गा व्यक्तिका नाममा छैन । भालुबाङ बजार राष्ट्रिय वनको जग्गामा बसेको छ । 

    राप्ती नदीले चर्चेको ऐलानी जग्गामा सुन्दर शहरको परिकल्पना गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले पनि नदी किनारमा शहर बसाल्ने बताउने गरेका छन् । यद्यपि त्यसको मास्टर प्लान तयार भइसकेको छैन । प्रदेशसभा, मन्त्रालय, प्रशासनिक कार्यालयका संरचना कहाँ रहने भन्ने टुंगो लागिसकेपछि अन्य पूर्वाधार निर्माण सुरु हुने चर्चा छ । पूर्वाधार निर्माण गर्नुअघि कृषि, आवासीय, हरित क्षेत्र, औद्योगिक, सांस्कृतिक, प्रशासनिक लगायतका क्षेत्र छुट्याइने छ ।

    यी सबै पूर्वतयारी गर्न पूर्वाधार विकास प्राधिकरण गठन गरिएको छ । दुई वर्षअघि नै गठन भएको प्राधिकरणले अब पूर्वाधार विकासको लागि विस्तृत योजना बनाउने तयारीमा छ । यता लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैंयाले जग्गा किनबेच र कित्ताकाट रोक्का गरिएका क्षेत्रमा भएका सबै अवैध कारोबार रद्द गर्ने चेतावनी दिएका छन् । बैध देखाउने प्रयासमा कतिपयले प्रदेश सरकारले जग्गा कारोबार गरेको मितिभन्दा पनि पुरानो मिति राखेर कागज गर्ने–गराउने गरेको पाइएकोछ त्यो सबै बदरयोग्य छ नझुक्किन सबैमा आग्र्रह गर्दछौं उहाले भन्नु भयो । 

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६