ब्रेकिंग न्युज

ओलीले प्रचण्डलाई हाल खवर सोधेपछि ?



काठमाडौं, १६ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार १२ औ दिनमा भेटवार्ता भएको छ ।प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि पटक–पटक प्रस्ताव गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका थिए ।श्रोतका अनुसार धेरै दिनपछि वालुवाटार पुगेका प्रचण्डलई ओलीले हाल खवर केछ भनेर सोधेका थिए ।

     प्रचण्डले बेहाल छ भनेपछि के कसो हो भनेर ओलीले दोहोराएनन् । उनले बेहाल भनेको आफू लक्षित हुन सक्ने ठानेरै होला ठिठाक पारौ न त मात्र भने । त्यसपछि राजनैतिक कुराहरु अघि बढे । भेटमा प्रचण्डले सचिवालय बैठक तत्काल बोलाएर छलफल गरिनु पर्ने प्रस्ताव ओली समक्ष राखेका छन् । भारतीय गुप्तचर संस्गा ‘रअ’ प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण, कर्णाली प्रदेशको विवाद, पर्सा घटनालगायतका विषयमा सचिवालयमा छलफल गर्न प्रचण्डले प्रस्ताव गरेका हुन् ।

    प्रचण्डले एक्ला–एक्लै गरिने छलफलले निकास र परिणाम नदिने भएकाले सचिवालय वैठकमै व्यापक छलफल गरिनु पर्ने राय राख्दै ओली समक्ष वैठक प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।प्रचण्डको प्रस्तावमा ओली मौन रहेको र कुनै प्रतिक्रिया नजनाएको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले एक्लौटी निर्णयहरु गर्दै अगाडि बढेकोमा प्रचण्ड असन्तुष्ट रहँदै आएका छन् ।

प्रकाशित : १६ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६