दाङ १६ कार्तिक । दाङको घोराहीबाट प्रहरीले ३ लाख बढि रकमसहित ५ जना जुवाडेलाई जुवाको खालबाट पक्राउ गरेको छ । प्रहरीले तीन लाख ५० हजारसहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।घोराही–१८ नवलपुरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।
पक्राउ पर्नेहरुमा घोराही– १० का २६ वर्षीय अनिल कुमार थापा, २७ वर्षीय कमल रावत, २६ वर्षीय केशब डाँगी, घोराही– १५ का २७ वर्षीय बसन्त भण्डारी र २६ वर्षीय धर्म ज्ञवाली रहेको चन्दे बताए ।पक्राउ परेकालाई जुवा ऐन अनुसार मुद्धा दर्ता गरेर कारबाही हुने प्हरीले जनाएको छ । प्रहरी जुवा नियन्त्रणमा लागि परेको भन्दै एसपी चन्दले जुवातास खेलिरहेको सूचना पाउनेबित्तिकै पक्राउ गर्न प्रहरी तत्पर रहेको जानकारी दिए ।








प्रतिक्रिया