प्रदेश

नयाँ संक्रमण बढेपछि कपिलवस्तु नगरपालिका फेरी सिल



कपिलवस्तु १६ कार्तिक। मेयर सहीत जनप्रतिनिधि र कर्मचारीहरु धमाधम कोरोना संक्रमित भएपछि कपिलवस्तु नगरपालिका फेरी एक साताकालागि बन्द गरिएको छ । बिगत १२ दिन देखि सेवा बन्द गरिएको नगरपालिका आज एकदिन खुलेको भएपनि फेरी एक साताकालागि सेवा बन्द गरिएको हो । मेयर किरण सिंहको दुई साता भित्र गरिएको २ पटक  पिसिआर परिक्षणमा दुबै  पटक रिपार्ट पोजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

    यस्तै लेखा अधिकृतको २ सातामा ३ पटक गरिएको परिक्षणमा ३ पटक नै रिपार्ट पोजेटिभ आएको छ । यस्तै दमकल शाखामा कार्यरत ३जना र एक जना नगर प्रहरी समेत कोरोना संक्रमित भएका छन । कोरोनाको फैलावट र जोखिमलाई रोक्न आगामी कार्तिक २१ गते सम्मकालागि अत्यावश्य सेवा बाहेक सबै सेवा बन्द गरिएको निमिति प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद ज्ञवालीले बताउनु भयो  ।

     ‘ कोरोना फैलन नदिन हामीले अति आवश्कीय सेवा बाहेक सबै सेवाहरु बन्द गरेका छौ ’ उहाले भन्नु भयो  । उता कोरोना संक्रमित भए पनि निस्फीक्रीरुपमा हिडडुल गर्ने गरिएकाले स्थानीयहरु त्रतिस बनेका छन । उनीहरुले संक्रमितहरु सुरक्षितरुपमा घर मै बस्नु पर्ने माग गरेका छन । यस्तै जिल्लामा कोरोनाको परिक्षण समेत बन्द प्राय अवस्थामा रहेको छ । मास्क लगाउन र अन्य सुरक्षाका मापदन्ड समेत अपनाउन छाडिएकाले फेरी कपिलस्तुमा कोरोना फैलन जोखिम बढेको स्वास्थ्यकर्मी बताउछन । 

प्रकाशित : १६ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६