अर्थ-वाणिज्य

आधुनिक भन्सारको कुरुप चित्र : मालवहाक साधनको भन्सार प्रकृयामा २० घण्टा



भैरहवा १७ कार्तिक । एउटा मालवहाक सवारी साधनले भैरहवा भन्सारको सम्पूर्ण प्रकृया पुरा गर्न २० घण्टा लाग्ने गरेको पाइएकोछ । एक्काइसौ सताब्दीको चुस्त भन्सार हुनु पर्नेमा यस्तो भद्धा समय लाग्ने गरेको भन्सार विभाग कै अध्ययन प्रतिबेदनवाट देखिएको हो । भैरहवा भन्सार आधुनिक भन्सार हो तर यहाँ नै यस्तो कुरुप चित्र देखा परेपछि गंभिर प्रश्न खडा भएको हो ।  भैरहवा भन्सारबाट निकासी तथा पैठारी हुने मालवस्तुको परीक्षण गरी भन्सार जाँचपासको सम्पूर्ण प्रक्रिया पुरा गर्न औसतमा १९ घण्टा ४६ मिनेट लाग्ने गरेको पाइएको छ।

    भन्सार विभागले गरेको अध्ययन अनुसार भैरहवा भन्सार परिसरमा ढुवानीको साधन प्रवेशदेखि सम्पूर्ण जाँचपास भएपछि यार्डबाट बाहिर जाँदासम्मको कूल समय पौने २० घण्टा लाग्ने गरेको पाइएको हो। अध्ययन प्रतिवेदन अनुसार भन्सारका कर्मचारीलाई मालवस्तुको भौतिक परीक्षण गर्न ४७ मिनेट लाग्ने गरेको छ। त्यसैगरी कागजात जाँचमा औसतमा ७ मिनेट लाग्ने गरेको छ। यस्तै अन्य निकायबाट मालवस्तुको नमूना जाँच गरी प्रमाणपत्र प्राप्त गर्न ३ घण्टा ४७ मिनेट लाग्ने गरेको पाइएको छ। 

    भन्सारले जाँच गरेपछि महसुल भुक्तानी गर्न ३९ मिनेट लाग्ने गरेको छ। यो समय कूल अवधिको ३.३ प्रतिशत हो। बैंकमा भुक्तानीपछि भन्सारका कर्मचारीले अन्तिम हस्ताक्षर गरी जाँचपास गरेको समयावधि २१ मिनेट छ। त्यस्तै भन्सारले अन्तिम जाँचपास गरेपछि बहिर्गमनको निस्सा (एक्जिट नोट) जारी गर्न १९ मिनेट लाग्ने गरेको अध्ययनले देखाएको छ। एक्जिट नोट जारी भएदेखि भन्सारबाट सवारी साधन बाहिरिन १ घण्टा ५२ मिनेट समय लाग्ने गरेको छ। 

    अध्ययनअनुसार भन्सार जाँचपासका चरणमा सबैभन्दा बढी अर्थात् ५९.५ प्रतिशत समय ढुवानीको साधन भन्सार परिसरमा प्रवेश गरेदेखि भन्सारको आशिकुडा प्रणालीले जाँचपासको लेन लगाउँदासम्म लाग्ने गरेको छ।  विश्व बैंकले डुइङ बिजनेस अध्ययनअन्तर्गत सीमापार व्यापार अध्ययनको मापन यसैलाई आधार मानेर गर्ने गरेको छ। भन्सार विभागका निर्देशक मुक्तिराम आचार्यसहितको टोलीले यो अध्ययन गरेको थियो।

प्रकाशित : १७ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६