प्रदेश

अर्घाखाँचीमा शव गाढेको साढेचार महिनापछि उत्खनन



अर्घाखाँची १८कार्तिक  अर्घाखाँचीमा शव गाडेको साढे चार महिना पछि पुन उत्खन्न गरी परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।  जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ का ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते उपचार गरेर फर्कने क्रममा बाटोमा निधन भयो । क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो । तर ब्यक्तिको मृत्यु भैसक्दा पनि पिसीआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको स्वावको नतिजा नआएपछि खोजिकार्य गर्दा प्रयोगशालाकै लाहापर्वाहीका कारण स्वावको नमुना प्रयोगशाला भित्रै हराएको थियो । 

     प्रयोगशालामा पठाएको नमुना हराएपछी पुःन मृत शरीरबाट स्वाव निकालेर पिसिआर जाँचका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको स्वावको रिपोर्टमा कोरोना पोजेटिभ आएपछि सव व्यवस्थापन गर्न अन्यौल हुदा शवलाई २ दिनसम्म जङगलको बिचमा प्रतिक्षालयमा सव राखेर परिवारका सदस्यहरूले कुर्न बाध्य भए । त्यसबेला परिवारले चाहेको स्थानमा शव व्यवस्थापन गर्न र परम्परा अनुसार काजकिरिया गर्न नपाएपछि चार महिनापछि शव उत्खनन गरेर परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले बताए ।

    अहिले परम्परागत रूपमा सवको दाहसंस्कार गरेपछि परिवारका सदस्यहरू काजकिरिया बसेका छन् ।  पछिल्लो समय कोरोनाबाट मृत्यु भएका ब्यक्तिको सव परम्परा अनुसार परिवारका सदस्यहरूले दाहसंस्कार गर्न पाउने नीति बनेपछी सव उत्खनन गर्न गाउँपालीकाले अनुमति दिएको मालारानी गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६