प्रदेश

विवाहको प्रलोभन देखाई बलात्कार गरेको उजुरीका आधारमा प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता



डोटी १८ कार्तिक । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता गरिएको हो । निज किशोरीलाई प्रहरी जवान सिंहले तीन महिनादेखि शारीरिक सम्बन्ध राखेको पीडित किशोरीले आरोप लगाएकी छन् ।प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् । राति ११ बजे किशोरीको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झुण्ड्याएको र पछि किशोरी अर्धचेत अवस्थामा भेटिएको पीडित किशोरीका बुवाको आफन्तको भनाइ छ । 

           “अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा गएर उपचारपश्चात होस आएपछि सोमबार बल्ल बलात्कारको मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय आएका हौँ” किशोरीका बुवाले भने, “नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो हुन्छ भने अरुबाट के आश गर्नु, हामीले न्याय पाउनुपर्छ ।” किशोरीको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ प्रष्टै देखिने भएकाले घटनाको सत्यतथ्य बुझ्नका लागि अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए ।

           उनले भने, “किशोरीको घाँटीमा पासो लगाएको घाउ देखिन्छ, प्रहरी जवानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु, मुद्दा चल्छ ।” यसैगरी निज प्रहरी जवानले किशोरीलाई कुटपिट गरेका कारण उनको खुट्टामा नीलडाम रहेको छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सधैँ फोन गर्ने गरेको पीडित किशोरीले आरोप लगाएकी छन् ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६