शिक्षा

भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवन उद्घाटन



 नवलपरासी १८ कार्तिक । नेपाल–भारतमैत्री विकास सहयोगअन्तर्गत यहाँको देवचुलीमा निर्माण गरिएको ३४ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–७ रामबासस्थित भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा निर्माण गरिएको ३४ कोठे ‘नेपाल–भारतमैत्री’ भवनको सोमबार उद्घाटन गरिएको हो ।

       रु दुई करोड ५८ लाख ३० हजार लागतमा निर्माण गरिएको नेपाल–भारतमैत्री भवन निर्माणका लागि विसं २०६९ पुसमा सम्झौता भएर २०७० असारमा शिलान्यास गरिएको थियो । भारतीय सहयोगमा निर्माण गरिएको तीन तले भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन, बैठक कोठा, चमेनागृह तथा मेडिकल कक्षसमेतका कोठा निर्माण गरिएका छन् । गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहासहित जनप्रतिनिधि तथा भिडियो कन्फ्रेन्समा जोडिनुभएका भारतीय राजदूतावासका काउन्सिलर डा प्रफुल्लतचन्द्र शर्माले संयुक्तरुपमा विद्यालय भवनको उद्घाटन गर्नुभएको हो ।

     विद्यालय भवन उद्घाटनका क्रममा काउन्सिलर शर्माले विद्यालयको भौतिक पूर्वाधार थपिँदै जाँदा सार्वजनिक विद्यालयमा शिक्षाको भौतिक पूर्वाधार सुधारको लागि नेपाल सरकारको प्रयासलाई सार्थक बनाउने बताउनुभयो । कक्षा १२ सम्म अध्ययन हुने सो विद्यालयमा ५५ प्रतिशतभन्दा बढी छात्रा अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक नरदेव न्यौपानेले बताउनुभयो । नयाँ भवन उद्घाटन भएसँगै सूचना र प्रविधिको माध्यमबाट पढाइ गराउन सहज हुने भन्दै विद्यालयको शिक्षालाई ‘डिजिटलाइज’ गरिने न्यौपानेले बताउनुभयो । 

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६