खेलकुद

अन्तरराष्ट्रिय फुटवल रङ्गशाला निर्माण हुँदै



गुल्मी १८ कार्तिक । गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ । गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो । ‘शहीद लखन थापा स्मृति रङ्गशालामा’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटवल ग्राउण्ड तयार गर्ने र दुवो रोप्नेलगायत काम भएका छन् । राष्ट्रिय खेलकूद परिषद्मार्फत रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको छ । रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७४\०७५ मा उपभोक्तामार्फत रु. १८ लाख र आव २०७५\०७६ मा रु. दुई करोड ८० लाख खर्च भएको छ । 

दोस्रो चरणमा आवश्यक भौतिक संरचनाको कामका लागि राष्ट्रिय खेलकूद परिषद्ले वोलपत्र आह्वान गरिसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । खेल मैदानमा रोपिएको दुवोलाई सिँचाइको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ । कूल १०५ मिटर लम्वाई र ६८ मिटर चौडाई रहेको सो फुटबल मैदान १५ हजार दर्शक अटाउने क्षमताको छ । सो रङ्गशालालाई मदन भण्डारी राजमार्गले छोएको छ । रङ्गशाला नजिकै विपन्न तथा कुमाल बस्ती, इस्मा गाउँपालिकाको सेरामिक्स र धुर्कोट गाउँपालिकाको वस्तुस्थित विचित्र गुफा छन् । गाउँमै अन्तरराष्ट्रिय रङ्गशाला निर्माण हुने भएपछि स्थानीयवासीमा उत्साह देखिएका छन् । “रङ्गशाला निर्माण भएपछि यहाँ आर्थिक विकासका थुप्रै ढोका खुल्नेछन्”, स्थानीयवासी बोमलाल भण्डारीले भन्नुभयो, “सकेसम्म छिटै निर्माण सम्पन्न भए हुन्थ्यो ।”

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६