ब्रेकिंग न्युज

विवादमा मुछिएका घिसिङ प्रहरीले पक्राउ गर्नुअघि नै उच्च अदालत पाटनमा हाजिर



काठमाडौँ १८ कार्तिक । र्‍याप गीत गाएर विवादमा मुछिएपछि भिटेन भनिने समिर घिसिङ प्रहरीले पक्राउ गर्नुअघि नै उच्च अदालत पाटनमा हाजिर भएका छन् । उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले भिटेन आफै अदालतमा हाजिर भएको पुष्टि गरे । भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा मंगलबार निवेदन उपरको सुनवाई सकिएको प्रवक्ता रेग्मीले बताउँदै भने, ‘यतिबेला आदेशको पर्खाइमा छौँ ।’

        केही दिनअघि भिटेनले सार्वजनिक गरेको नयाँ गीत ‘पारा’माथि छानबिन गर्न कात्तिक १३ गते प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । हेडक्वार्टरको निर्देशनसँगै ब्यूराले भिटेनको खोजी सुरु गरेको थियो । र्‍यापर भिटेनको नयाँ गीत ‘पारा’मा अपाच्य शब्द भएको प्रहरीको दावी छ । एक वर्षअघि ‘यस्तै त हो नि ब्रो’ र्‍याप गीत गाएर विवादमा मुछिएपछि भिटेनलाई महानगरीय अपराध महाशाखाले २०७६ कात्तिक ७ गते जावालाखेलबाट पक्राउ गरेको थियो । त्यतिबेला आइन्दा विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए ।

     गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर विवादमा तानिएपछि भिटेनले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी समेत मागेका थिए । ‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्न छु,’ भिटेनले विज्ञप्तिमा भनेका छन्, ‘सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोटप्रति क्षमायाचना गर्दछौँ ।’गीतमा प्रहरीलाई समेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत केही समयका लागि हटाएको थियो ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६