ब्रेकिंग न्युज

नेपालमा कोरोनाको मृत्यूदर सून्य दशमलव ५६ प्रतिशत



काठमाडौ १८ कार्तिक । मंगलवार सम्म मृत्यू भएका र कुल संक्रमितको संख्या तुलना गर्दा नेपालमा कोरोनाको मृत्यूदर सून्य दशमलव ५६ प्रतिशत रहेको पाइएको छ । यो संगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या एक हजार चार पुगेको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा तीन हजार एक सय १४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार एक सय ६६ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै मङ्गलबार तीन हजार एक सय ४२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ४१ हजार एक सय ३४ पुगेको छ । अब ३७ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने एक हजार दुई सय ७७ जना क्वरेण्टीनमा रहेका छन् । 

    यता  लुम्बिनी मेडिकल कलेज प्रभासमा मंगलबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।रामपुर नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।कात्तिक ५ गते कोरोना भाइरस पुष्टि भएका उनमा निमोनियाको समस्या रहेको थियो । योसंगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६