विभिन्न भाषामा बुद्धको इतिहास बताउन सक्ने बाल टुरिस्ट गाइड सम्पर्क विहीन ।
कपिलवस्तु कार्तिक १८
गौतम
बुद्धको इतिहास बताएर भाइरल बनेका कपिलवस्तु नगरपालिका ६ तिलौराकोट
बस्ने१३ वर्षका बालक राहुल सहनी सम्पर्क विहीन भएका छन् । सोमवार बिहान ९
बजे घरबाट विद्यालय हिँडेका सहनी घर नफर्किए मङ्गलवार वाट प्रहरीले खोजतलास
सुरु गरेको छ । तौलिहवा स्थित सिद्धार्थ बोडिंग स्कुलमा पढ्न जाने भनी
हिँडेका सहनी विद्यालय सम्म नपुगेको प्रहरीले बताएको छ ।
जिल्ला
प्रहरी कार्यालय कपिलवस्तुमा प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका
अनुसार हराएका बालक तौलिहवा भिच्छु चोक सम्म साइकलमा आएको देखिए पनि त्यस
पछि कहाँ गए थाहा नभएको बताएका छन् । प्रहरीमा सूचना आए पछि खोजतलासका जारी
गरेको छ । बालकको भारतमा रहेका आफन्त सँग सोधपुछ गर्दा फेला नपरे पछि
परिवार चिन्तित भएका छन् । हराएका बालकले गौतम बुद्धको राजधानी तिलौराकोट
आएका पर्यटकलाई गाइडको रूपमा काम गर्ने गरेका थिए । उनले नेपाली,
अङ्ग्रेजी, चाइनिज, हिन्दी भाषामा बुद्धको इतिहास बताउन सक्दथे । विद्यालय
सके पछि उनले तिलौराकोट आउने पर्यटक लाई गाइड गरी पैसा कमाउने गर्दथे ।
प्रतिक्रिया