दाङ १९ कार्तिक । लुम्बिनी प्रदेशको राजधानी गढवा गाउँपालिका १ को बडहरा र राप्ती गाउँपालिका ३ को खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ ।यो पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव २० मिटर हुने छ । पुलमा जम्मा ११ वटा पिलर रहने छन्, जसमा फुटपाथका लागि पाँच वटा पिलर, पङ्खाका (साइड विङ) का लागि चार वटा पिलर र मेन ब्लकका लागि दुई वटा पिलर गरी जम्मा ११ वटा पिलर रहने छन् ।
प्रत्येक पिलरको गोलाइ सात सय ५० सेन्टिमिटर रहने छ भने प्रत्येक पिलरको गहिराइ पानीमुनि १६ मिटर रहने छ ।यता गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ । गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो । ‘शहीद लखन थापा स्मृति रङ्गशालामा’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटवल ग्राउण्ड तयार गर्ने र दुवो रोप्नेलगायत काम भएका छन् ।
राष्ट्रिय खेलकूद परिषद्मार्फत रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको छ । रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७४÷०७५ मा उपभोक्तामार्फत रु. १८ लाख र आव २०७५÷०७६ मा रु. दुई करोड ८० लाख खर्च भएको छ ।
दोस्रो चरणमा आवश्यक भौतिक संरचनाको कामका लागि राष्ट्रिय खेलकूद परिषद्ले वोलपत्र आह्वान गरिसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । खेल मैदानमा रोपिएको दुवोलाई सिँचाइको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ ।
प्रतिक्रिया