काठमाडौं १९ कार्तिक। पहिलो पटक अर्थमन्त्री हुदा लोकप्रिय काम गरेका अर्थमन्त्री बिष्णु पौडेलले गरेको एक निर्णय नै जनप्रिय काम बन्न पुगेको छ । उहाले कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन दिनु भएको छ । अर्थमन्त्रीको यो निर्देशन अबज्ञा भएमा विमा समितिलाई नै कारवाही गर्ने समेत उहाले स्पष्ट पार्नु भएको छ ।
कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक जन गुनासो आएपछि अर्थमन्त्रीले विमा समितिका पदाधिकारीलाई आफ्नै कार्यकक्षमा वोलाएर यस्तो निर्देशन दिनु भएको हो ।मंगलबार दिउसो कोरोना बिमाका विषयमा अर्थमन्त्रालयमा छलफल समेत भएको थियो । अर्थमन्त्री पौडेलले निबेदन पेश भएको एक हप्ता भित्रै भुक्तानी हुने व्यवस्था मिलाउन बिमा समितिका अध्यक्षलाई निर्देशन दिनु भएको थियो ।
अर्थमन्त्रीको संयोजकत्वमा बसेको बैठकले अहिले सम्मका विमाका कार्यको समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ ।यस्तै कोरोना बिमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बिमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बिमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको अर्थमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया