कार्तिक १९, काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बङ्गलादेशबाट सापटी ल्याउने भनिएको रासायनिक युरिया मल त्यहीबाट खरिद गर्ने भएको छ । कृषि मन्त्रालयले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया पैँचो ल्याउन सम्पूर्ण तयारी गरिसकेकामा उताबाट सापटीमा होइन खरिद गरेर लैजाँदा नै राम्रो र सस्तो हुने भनेपछि मन्त्रालयले खरिदका लागि प्रक्रिया सुरु गर्न लागेको हो ।
१९ कार्तिक २०७७, बुधबार
प्रतिक्रिया