कपिलवस्तु १९ कार्तिक ।पतिको लामो आयुको कामना गर्दे तराईका जिल्ला सहीत कपिलवस्तुका मधेसी समुदायका महिलाहरुले करवा चौथ हर्षोल्लासका साथ मनाएका छन् । यस अवसरमा बुधवार दिनभरी उनीहरु निर्जल तथा निराहार ब्रत बसी भगवनसंग आफ्नो श्रीमानको लामो आयु तथा सुख संबृद्धिको कामना गरेका हुन् । कार्तिक कृष्णपक्ष चतुर्थीका दिन यो पर्व हरेक बर्ष तराईका महिलाहरुले धुमधमसंग रमाइलो गरी गरी मनाउने गर्दछन् । यो पर्वमा महिलाहरु राति चन्द्रमा नउदाउन्जेल सम्म ब्रत बस्ने गर्दछन् ।
राति चन्द्रमाको बिशेष पूजाअर्चना गरी चाल्नोले आफनो श्रीमानको मुख हेर्नै चलन रेहेको कपिलवस्तु नगरपालिका – ३ धनौराकोटकी की रेनु श्रीवास्तवले बताईन । महिलाहरु यसलाई सौखका रुपमा लिने उनको तर्कछ । उनले बिवाहीत महिलाहरुले पतिको लामो आयुको र संबृद्धीको कामना गरी यो यो पर्व मनाउने चलन रही आएको छ । प्रदेश नम्बर ५ की प्रदेश सदस्य सुषमा यादवले यो पर्वमा आफुपनि निर्जल ब्रतबसी पतकिो लामो आयुको कामना गरेको बताईन ।
छर छिमेक र घर परिवार मिलेर यो पर्व मनाएको उनले बताईन । चन्द्रमाको पूजा पछि श्रीमानलाई आफनै हातले पानी खुवाएर महिलाहरुले ब्रत तोडने गर्दछन् । यस दिन ब्रत बस्ने महिला र उसको पतिको भगवानले रक्षा गर्ने बिश्वास रही आएको छ । यस अवसरमा घरमा नयाँ उत्पादन भएको धानु कुटीएको चामलको पीठोका बिभिन्न परिकार, मिठाई लगायतका परिकारहरु बनाई खाने चलन रही आएको छ । पूजाको प्रसाद छर छिमेक तथा ईष्टमित्रलाई बाडेने समेत गरिन्छ । यो पर्व भारतमा निकै रमाईलो गरी मनाईने गरीन्छ ।
प्रतिक्रिया