ब्रेकिंग न्युज

सुख्खा पहिरोले लियो ५ मजदुरको ज्यान



नवलपरासी, २० कार्तिक । नवलपरासी कालीगण्डकी कोरिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जना मजदुरको ज्यान गएको छ ।नवलपुरको बुलिङटार गाउँपालिका खण्डमा कार्यरत कामदार हिजो बेलुका सुख्खा पहिरोमा पुरिएका थिए । ग्याभिनमा ढुङ्गा भरिरहेका पाँच जना मजदुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिएका छन् ।

    पहिरोमा पुरिएर बुलिङटार गाउँपालिका वडा नम्बर चारका २० वर्षका गोपाल गरञ्जा, २० वर्षकै चेतबहादुर अस्लामी मगर, २० वर्षका ताराबहादुर लुङ्गेली, २८ वर्षका तुलबहादुर सारु र ४२ वर्षका सुनबहादुर पुलामीको ज्यान गएको रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख मल्लले जानकारी दिएका छन् ।पहिरोमा परी दुई जना घाइते भएका छन् । २१ वर्षका कृष्ण लुङ्गेली र १९ वर्षका केवलसिंह लुङ्गेली मगर घाइते भएका र उनीहरुको भरतपुरमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिएका छन् ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६