खेलकुद

राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान



 काठमाडौं २० कात्तिक । दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ ।२५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो ।नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसअघि नेपाली टोली करिब एक साता होटेल क्वारेन्टिनमा बस्नेछ । त्यसपछि कोरोना परीक्षण हुनेछ र नेगेटिभ रिपोर्ट आएपछि नेपालले प्रशिक्षण गर्ने अवसर पाउनेछ ।

       केही सिनियर खेलाडीलाई कोरोना पोजेटिभ देखिएकाले यो पटक नेपाली टिममा नयाँ खेलाडीको बाहुल्य छ ।नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की र दिलेन लोक्ताम छन् ।यसैगरी जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ पनि टोलीमा छन् ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६