ब्रेकिंग न्युज

तिलोत्तमा नगरपालिकाले कोरोना रोकथामका लागि झण्डै पौने २ करोड खर्च



बुटवल २० कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि झण्डै पौने २ करोड खर्च भएको जनाएको छ ।नगरकार्यपालिकाले खर्च विवरण सार्वजनिक गर्दै १ करोड ७२ लाख, ६ हजार ४ सय ७ रुपैया खर्च भएको जानकारी दिएको हो ।जस अनुसार राहत सामाग्रीमा ६६ लाख ११ हजार ७ सय ४०, क्वारेन्टाइन तथा आइसोलेसन पूर्वाधार निर्माण सञ्चालन तथा व्यवस्थापनमा ७५ लाख ८ हजार ८ सय २५ र औषधिजन्य सामग्रीमा ३० लाख ८५ हजार ८ सय ४२ रुपैया खर्च भएको छ ।

       नगरपालिकाले कोभिड १९ को लागि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट प्राप्त राहत विवरण पनि सार्वजनिक गरेको छ । जस अनुसार नगरपालिकालाई हालसम्म १ करोड ५ लाख ३२ हजार ८ सय ४२ रुपैयाँ प्राप्त भएको छ ।त्यसै गरी चामल १ सय ९ दसमलब २५ क्वीण्टल, दाल २ सय ८५ केजी, नुन ४ सय ५० केजी, तेल १३ पेटी, भुजा ३ बोरा, साबुन ४ प्याक र सोयाविन ६ बोरा विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधब प्रसाद शर्माले जानकारी दिए ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६