प्रदेश

शान्तिभूमीको भ्रमण खुलागर्न एकसाताको म्याद,आन्दोलनको चेतावनी



भैरहवा २१ कार्तिक । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा क्रियाशील ११ वटा संघसंस्थाले मायादेवी मन्दिर परिसर खुल्ला गर्न माग गर्दै ७ दिने अल्टिमेटम दिएका छन् । लुम्बिनी विकास कोषलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले मायादेवी मन्दिर परिसर खुल्ला गर्दै लुम्बिनीमा बौद्ध आध्यात्मिक वातावरण तत्काल सुचारु गर्न माग गरेका हुन् ।

     लुम्बिनी संरक्षण नागरिक समाज, लुम्बिनी बुद्ध धर्म संरक्षण समिति, लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ, उद्योग व्यापार संगठन रुपन्देही, सिद्धार्थ होटल संघ नेपाल, मायादेबी आमा समुह, बौद्ध युवा संघ लुम्बिनी, रिक्सा व्यवसायी संघ लुम्बिनी, ट्याक्सी व्यवसायी संघ र होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठनले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै ७ दिन भित्र लुम्बिनी खुल्ला गर्न आवश्यक व्यवस्था नमिलाइए जस्तो सुकै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।लुम्बिनी खोल्न आफूहरुले गरेको पटक पटकको अनुरोध कोषले बेवास्ता गरेको संघसंस्थाहरुको आरोप छ । 

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६