शिक्षा

पछिल्लो २४ घण्टाभित्र ५ लाख ९१ हजार ३०१ नयाँ संक्रमित थपिए



एजेन्सी २१ कार्तिक । विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख ९१ हजार ३०१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा आठ हजार ६३८ जनाको मृत्यु भएको छ।पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८९ लाख ९७ हजार ६३६ र मृत्यु हुनेको संख्या १२ लाख ३८ हजार ७४७ पुगेको छ।पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ११ हजार ९०० जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ८१ जनाले ज्यान गुमाएका हुन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४७ हजार ६२२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ६७५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।फ्रान्समा ५८ हजार ४६ नयाँ संक्रमित थपिएका छन् भने ३६३ जनाको मृत्यु भएको छ।रसियामा १९ हजार ४०४ जना नयाँ संक्रमित थपिएका छन् भने २९२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।गत २४ घण्टाभित्र इटलीमा ३४ हजार ५०६, बेलायतमा २४ हजार १४१, जर्मनीमा २१ हजार ७५७, ब्राजिलमा २३ हजार ३१७, कोलम्बियामा नौ हजार ८९३ तथा इरानमा आठ हजार ७७२ जना नयाँ संक्रमित थपिएका छन्।

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६