प्रदेश

बेरोजगारको मानव साङलो : स्तर घटाउदै सर्टीफिकट विकाउदै



बुटवल २१ कार्तिक । नेपालमा रोजगारीको मोहमा बेरोजगारको मानव साङलो परिक्षाका लागि देखा पर्ने गरेकोछ । सोही अनुसार स्तर घटाउदै सर्टिफिकट विकाउदै गरेको गतिलो उदाहरण फेला परेको छ । जस अनुसार बुटवल उपमहानगरपालिकाले गत असोज ६ गते थोरै संख्यामा सामाजिक परिचालक, चालक र कार्यालय सहयोगीहरुको लागि विज्ञापन खुलाएको थियो। एक जनामात्र सामाजिक परिचालकको लागि १ सय १० जनाले आवेदन दिएका छन्। उपमहानगर पालिकाले आवेदन परेका ५५ जनालाई मंसिर ३ गते र बाँकी ५५ जनालाई मंसिर ४ गते अन्तर वार्ताको लागि बोलाएको छ। सहायक चौथो अर्थात खरदार सरहको सामाजिक परिचालकको लागि १२ कक्षापास गरेकाले आवेदन दिन पाउँछन्। 

    तर स्नातकोत्तर पास गरेका धेरैले आवेदन दिएको उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनु भयो । सामाजिक परिचालक पदमा विशेष गरी महिलाहरु आकर्षित भएको देखिन्छ। आवेदन दिएका १ सय १० जनाको सूचीमा ८० भन्दा बढी महिला उमेद्वार छन्।सामाजिक परिचालक मात्र होइन अरु पदमा पनि उत्तिकै ठूलो संख्यामा आवेदन परेको छ। उपमहानगरमा ६ जना कार्यालय सहयोगीको लागि ४ सय २३ जनाको आवेदन परेको छ। साधारण लेखपढ मात्र भए हुने पहिलो तहको कार्यालय सहयोगी पदमा उच्चशिक्षा पढेकाले पनि आवेदन दिएका छन्। 

    ‘स्नातक तह पढेकाको पनि धेरैको आवेदन परेको छ। केहीले आवेदनसँग प्रमाणपत्र पनि पेश गरेका छन्, कतिपयले विद्यालय तहको प्रमाणपत्र मात्र देखाएर माथिका प्रमाणपत्र पेश नगरेका हुन सक्छन्’ प्रमुख प्रशासकिय अधिकृत शर्माले भने। यस अघि पनि कार्यालय सहयोगी पदमा उच्चशिक्षा पढेकाको आवेदन पर्ने गर्दथ्यो। बुटवल उपमहानगरपालिकाको कार्यालयमा अहिले पनि उच्च शिक्षा पढेका केही कार्यालय सहयोगी कार्यरत छन्। त्यसै गरेर ५ जना सरसफाइकर्मीको माग भएकोमा सय जनाको आवेदन परेको छ। सवारी चालकतर्फ १ सय ५५ जनाले आवेदन दिएका छन्। ३ जना हेवी सवारी चालकको लागि ४३ जना र ३ जनाकै हलुका सवारी चालकको लागि १ सय १२ जनाको आवेदन परेको प्रमुख प्रशासकिय अधिकृत शर्माले जानकारी दिए।

    अहिले सामाजिक परिचालक र हेभी चालक छनोटको लागि अन्तरवार्तामा बोलाइएको छ। सवारी चालक प्रयोगात्मक परिक्षा (ट्रायल) र अन्तरवार्ताबाट छनोट हुने छन्। त्यसको लागि कात्तिक २७ र २८ बोलाइएको छ। पहिले प्रयोगात्मक परिक्षापास गरेपछि अन्तरवार्ता हुने छ। हलुका सवारी चालक, कार्यालय सहयोगी र सरसफाइकर्मीको अन्तरवार्ताको लागिपनि छिट्टै सूचना निकालिने शर्माले बताउनु भयो । 

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६