अर्थ-वाणिज्य

सरकारले तोकेको मुल्यप्रति स्थानिय तहको बेवास्ता,किसान धमाधम ठगिदै



कपिलवस्तु  २२ कार्तिक ।संघिय सरकारले यसवर्षकालागि तोकेको धानको समर्थन मुल्य आफ्नो पालिकामा कार्यान्वयन गराउनु कर्तब्य हो भन्ने बुझाई नहुदा समस्या पैदा भएको छ । कुनैपनि पालिकाले यस प्रकारको पहल गरेका छैनन् । सरकारले हरेक वर्ष धानको समर्थन मूल्य तोक्ने गर्छ । तर समर्थन मूल्यमा खरिद गर्ने केन्द्र नहुँदा कृषकले न्यून मूल्यमा धान बेच्नुपर्ने बाध्यता छ । सरकारले धानको मूल्य तोक्दा कृषकमा देखिएको उत्साह भने धान बेच्नेबेला कृषकसँग छैन ।

     विगत वर्षमा जस्तै कपिलवस्तुका कृषकका लागि धानको समर्थन मूल्य आकाशको फल आँखा तरी मर भनेजस्तै भएको छ । समयमा मल हाल्न नपाएका किसान बल्लतल्ल फलाएको धान बेच्न पनि बिचौलियाको मारमा परेका छन् । मल अभाव हुँदा पनि कपिलवस्तुमा यस वर्ष धान उत्पादन राम्रै हुँदा कृषकहरू खुसी छन ।  सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ तोकेको छ भने मसिनो जातको धानको २ हजार ८ सय ८५ तोकेको छ । 

    तर प्रतिक्विन्टल १ हजार ८ सयमै बिक्री गर्नुपर्ने बाध्यता यहाँका किसानलाई छ । सरकारले तोकेको दरमा धान खरिद गर्न कोही तयार नहुँदा कृषकहरूले सस्तो मूल्यमा धान बिक्री गर्नु परेको छ । कपिलवस्तुमा धान काटेपछि गहुँ रोप्ने बेला भइसक्यो। तर कृषकलाई धान बेच्नुपर्ने समस्या भने यथावत् छ । प्राय किसान धान बिक्री गरी आएको पैसाले गहुँ लगाउने गर्छन्। बिचौलियाहरू त्यही मौकाको फाइदा उठाउँदै १८ सय देखि १९ रुपैयाँ प्रतिक्विन्टलमा धान बेच्न किसानलाई बाध्य बनाउँछन । सरकारले तोकेको उक्त मूल्यमा खरिद गर्ने केन्द्र पनि कपिलवस्तुमा छैन । मल बेच्न गठन भएका कृषि सहकारीसमेत धान खरिदका लागि तयार नभएपछि जिल्लाका किसान थप मारमा परेका हुन्।

प्रकाशित : २२ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६