कपिलवस्तु २२ कार्तिक ।कपिलबस्तुको बाणगंगा नगरपालिकाले तयार पारेको कपिलवस्तु र बुद्ध शिक्षा विषयक स्थानीय पाठयक्रम शुक्रबार प्रध्यानाध्यापकहरुका बिचमा प्रबोधिकरण गरिएको छ । बिहाबार औपचारीक रुपमा लागु गरिएको पाठ्यक्रमको शुक्रबार नगरभित्रका सम्पूर्ण कक्षा ६ र ७ सञ्चालन भएका निमाबि र माबिका सरकारी र संस्थागत बिद्यालयहरुका प्रअका बिचमा प्रबोधिकरण गरिएको हो । जिल्लामै पहिलो पटक तयार पारिएको यस प्रकारको पाठयबस्तु आधारभुत तहको कक्षा ६ र ७ का लागि चालु वर्षवाटै लागु भएको छ ।
जिसस कपिलवस्तु र बाणगंगा नगरले सहकार्य गरी ‘कपिलबस्तु र बुद्ध शिक्षा ’ विषयक पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पारेको हो । यस्तै ६ र ७ सम्बन्धित बिषय पढाउने शिक्षकहरु लागि ४ दिने तालिम पनि आयोजना गरिएको छ । यहि कार्तिक २४ गते देखी २७ गतेसम्म कपिलवस्तु र बुद्ध शिक्षा विषयका बारेमा शिक्षकहरुलाई तालिम दिन लागिएको श्रोत ब्यक्ति कबिराज भण्डारीले बताउनुभयो ।
शुक्रबार भएको प्रबोधिकरण कार्यक्रम बोल्दै उपमेयर चक्रपाणी अर्यालले बाणगंगा नगरले शुभारम्भ गरेको यो कोर्ष समग्र जिल्लामा लागु हुने चरणमा प्रबेश गरेको औल्याउनु भयो । यसको आकर्षण उच्च हुने औल्याउनु भयो । यता शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले कपिलवस्तु र बुद्ध शिक्षा आफैमा ऐतिहासिक महत्वको शिक्षा भएको तर्क गर्नु भयो । पाठ्य पुस्तकमा कपिलवस्तु जिल्लाको ऐतिहासिकता, पुरातात्विक, सामाजिक, धार्मिक, र सांस्कृतिक महत्वसंगै बुद्ध र बुद्धको जीवनीसंग सम्बन्धित विषयबस्तुहरुलाई उल्लेख गरिएको शिक्षा अधिकृत खिम वहादुर जिसीले जानकारी दिनु भयो । नगरमा २९ सामुदायिक र १९ वटा संस्थागत गरि ४८ वटा बिद्यालयहरु रहेको छन ।
प्रतिक्रिया