ब्रेकिंग न्युज

बलात्कार विरुद्ध किशोरीले गरे घरघरमा प्रदर्शन



भैरहवा २३ कार्तिक । रुपन्देहीको बुटवल र भैरहवामा बलात्कार बिरुद्ध किशोरकिशोरीले प्रदर्शन गरेका छन्। देशभर भइरहेका बलात्कारका घटनाहरुका विरुद्ध नेपाल सरकारलाई दबाब दिन कालो पहिरनसँगै कालो पट्टी बाँधेर प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।विश्वभरि चलिरहेको द रेपिष्ट इन योर पथ अभियानलाई समर्थन गर्दै स्वतस्फुर्त किशोर किशोरीहरुले देश भरि एकै साथ फ्लेस मुभ अभियान चलाएको हो।

    अझै कति सहने समूह मार्फत रुपन्देही सहित नेपालका ३३ जिल्लामा दिउसो ३ बजे सामूहिक रुपमा अभियान सुरु गरेको हो। यता बुटवलमा घरघरमा हामी अभियानको संयोजनमा प्रदर्शन भएको थियो।  अभियानले जर्वजस्ती करणी  अन्तर्गतको कसुरमा एक वर्ष भित्रमा उजुर नगरे नलाग्ने व्यवस्था अन्त्य गरी कुनै पनि समयमा हदम्याद नलाग्ने व्यवस्था गर्नुपर्ने, कसुर भएकालाई कम सजाय तोक्न मिल्ने व्यवस्था हटाउनु पर्ने, कसुरभए माफी मुल्तबी परिवर्तन सजाय घटाउन मिल्ने व्यवस्था हटाउनु पर्ने, पिडित १८ वर्ष भन्दा माथिको भए जन्मकैद मुनिको भए मुलुकी अपराध संहिता बमोजिम आजीवन कारावास हुनुपर्ने, महिलाको मञ्जुरी विना करणी गरेमा वा बालिकालाई करणी गरेमा महिला र बालिका भनिएको बलात्कार जस्को पनि हुन सक्ने भएकोले व्यक्ति वा बालबालिका शब्द प्रचलित मुलुकी अपराध संहितामा रखिनु पर्ने लगाायतका ७ बुदे माग राखेको छ।

    नेपालमा पनि दिनप्रतिदिन बलात्कारका घटना बढ्दै गएको छ। बलात्कारीको सजाय फासी नै होइन यस्को विरुद्ध हामी नि छौ, बलात्कार विरुद्धको आवाजबाट सरकारको ध्यान जाओस भन्दै हामी सडकमा उत्रेका अझै कति सह्ने? समूहकी रुपन्देहीकी संयोजकधनकुमारी चौधरीले बताइन्।  अभियानले समुदाय स्तरमा परिवर्तन कसरी ल्याउने सकिन्छ भन्ने विषयमा थप कार्यक्रमहरुको निरन्तरता दिने बताइन्।भैरहवाको देवकोटा चोकमा भएको अभियानमा ३ दर्जन बढि किशोर किशोरी सहभागी थिए।

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६