खेलकुद

नेपाली राष्ट्रिय फुटबल टिमले आजदेखि प्रशिक्षण सुरु गर्ने



काठमाण्डौ २३ कार्तिक । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आजदेखि प्रशिक्षण सुरु गर्ने भएको छ ।ढाका पुगेपछि गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले बंगलादेशको स्वास्थ्य मन्त्रालयबाट प्रशिक्षणका लागि स्वीकृति पाएको छ । नेपालले आज शेख जमल धनमुण्डी फुटबल मैदानमा प्रशिक्षण गर्ने भएको छ । नेपाली फुटबल टिमले आज बिहान साढे १० बजेदेखि १२ बजेसम्म प्रशिक्षण गर्नेछ । यो मैत्रीपूर्ण खेलका लागि नेपालबाट २५ खेलाडीसहित ३६ जनाको टोली ढाका पुगेको छ । ढाका पुगेको तीन दिनमा नै नेपाली टिमले प्रशिक्षण सुरु गर्ने मौका पाएको हो । प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली फुटबल टिमले ढाका पुगेपछि दुई दिनको आइसोलेशनमा समय बिताएको थियो । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल नोभेम्बर १३ अर्थात् कात्तिक २८ तथा दोस्रो नोभेम्बर १७ अर्थात मंसिर २ गते बंगबन्धु स्टेडियममा हुनेछ ।

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६