प्रदेश

हिउदे अधिबेशन दाङमा चलाउन अफ्ठयारो,शिक्षालय स्थानान्तर चुनौतीपूर्ण बन्यो



 दाङ २४ कार्तिक। लुम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती उपत्यका तोकिएसँगै यस क्षेत्रमा राजधानीका लागि सम्भावित संरचनाहरुको अध्ययन भएकोमा राम्रो संभावना देखिएको राप्ती प्राविधिक शिक्षालय खाली गराएर सदन चलाउने काम अब्यवहारीक देखिएको छ । पठनपाठन बन्द गरेर सदन चलाउदा जनस्तरमा विरोध हुने संकेत अध्ययन टोलीले पाएको छ ।  हिउँदे अधिवेशन यहीँबाट सञ्चालन गर्ने उद्देश्यले सम्भावित संरचनाहरुको अध्ययन अवलोकन थालिएको थियो  ।

    सभामुख पूर्ण घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी लगायत सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीले देउखुरीका विभिन्न ठाउँको अध्ययन अवलोकन सम्पन्न गरेको छ । त्यसमध्ये राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयमा संसद् बैठकका लागि उपयुक्त संरचना रहेको भन्दै यहाँको अध्ययन गरिएको हो । तर शिक्षालयका अधिकराीले अन्यन्त्र सारेर पढाई संचालन गर्न कठिन हुने वताएपछि यो विषयमा अफ्ठयारो थपिएको छ । संरचनाहरु बैठकका लागि उपयुक्त लागेमा त्यसको तयारी गरिने अध्ययन टोलीले जनाएको छ ।

    राप्ती प्राविधिक शिक्षालयलाई प्रदेशसभा बैठकका लागि उपयोग गर्न सकिनेबारे कार्यपालिका बैठकमा छलफल भएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । प्रदेशसभा सञ्चालनका लागि प्राविधिक शिक्षालयलाई व्यवस्थापन गर्नेबारे प्रदेश स्तरमा छलफल भइरहेकाले शिक्षालयको अध्यन अध्यापनको वैकल्पिक व्यवस्थाबारे पनि छलफल गरेको उनले बताए ।तर शिक्षालय सार्नु आफैमा कठिन देखिएको उनको स्वीकारोक्तीछ । 

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६