अन्तर्राष्ट्रिय

भेण्टीलेटर हस्तान्तर गर्दै भारतीय राजदूतले भने खोप प्रयोगमा आए सघाउछौं



काठमाडौं २४ कार्तिक । भारत सरकारले नेपाललाई २८ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाइ उक्त भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्य मन्त्री ढकालले ती भेन्टिलेटर अत्यावश्यक भएका स्वास्थ्य संस्थामा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।

    त्यस्तै कोरोनाविरुद्धको लडाईंमा छिमेकी देशहरुको सहयोग महत्वपूर्ण भएको उहाको भनाई छ । मन्त्री ढकालले कोरोना विरुद्धको खोपको पहुँच नेपालीहरुमा पुराउनका लागि सरकार गम्भीर रुपमा लागिरहेको जानकारी दिनुभयो । त्यस्तै भारतीय राजदुत विनयमोहन क्वात्राले कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आएमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६