कपिलवस्तु २४ कार्तिक।छ महिना पहिलेवाट ब्यवस्थित रुपमा शुरु गरिएको प्रसुती सेवा अन्तर्गत कपिलस्तु अस्पतालमा शल्यक्रियाबाट पहिलो पटक तिम्लिया बच्चा जन्माइएको छ । कपिलवस्तु नगरपालिका– २ लम्तीयाकी २५ बर्षिया सामिना खातुनबाट शल्यक्रिया मार्फत २ छोरी र एक छोरा जन्माइएको हो । आईतावर दिउसो एक घन्टाको शल्यक्रिाय मार्फत सामिनाले बच्चा जन्माएकी थिईन । दिउसो १ बजेर १४ मिनेटमा ढाई किलो वजनको पहिलो छोरीको जन्म भएको थियो । यस्तै १ बजेर २५ मिनेटमा २ किलो एक सय ग्रामको छोरा र १ किलो ६ सय ग्रामको छोरी जन्म भएको अस्पतालको प्रसुति बार्डले जनाएको छ ।
अस्पतालकी डाक्टर पुनम लामाको अगुवाईमा आधा दर्जन स्वास्थयकर्मीको टोली शल्यक्रियामा सहभागी थिए । टोलीमा डाक्टर संतोष झा, रमेश महतो, रबिना क्षेत्री लगायत थिए । आफनो जीवनकालमा पहिलो पटक शल्यक्रिया मार्फत तिम्लिया बच्चा जन्माउने काममा जुटेको डाक्टर लामाले बताईन।सामिनाले दोश्रो बेतको रुपका एकै पटक ३ बच्चा जम्माएकी हुन । उनको ३ बर्षको छोरी पनि छ। सामिना गर्भवति भएको २ महिना देखि नै अस्पतालको निगरानीमा थिईन ।
‘ अस्पतालको इंतिहास मै पहिलो पटक तिम्लिया बच्चा जन्माउने केस आएको थियो, यो कार्य आफैमा चुनौतीपुर्ण थियो डाक्टर लामाले भनिन ‘ सबै टिमले गरेको कडा मिहिनेतले परिणाम पनि राम्रो आयो, अस्पताल मै नया ईतिहास रचियो ’ । सुत्केरी आमा र नवजात शिशुहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ । अहिले आमा र शिशुहरुलाई जनरल बार्ड मै राखिएको छ ।एकै पटक तिम्लिया बच्चा जन्माएकी सामिनाले सूरु देखि नै डाक्टररहरुले आफुलाई राम्ररी सेवा दिएकाले आफुले तिम्लिया बच्चा जन्माउन सफल भएको बताईन । उनले बिशेष गरी डाक्टर पुनम लामाले आफनो बिशेष ख्याल गरेकोले सहजै बच्चा जन्माएको बताईन ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले शल्यक्रिया मार्फत अस्पतालमा पहिलो पटक तिम्लिया बच्चा जन्माइएकोमा सो कार्यमा लाग्ने पुरै टिमलाई बधाई दिए । उनले अस्पतालमा बिभिन्न सेवाहरु बिस्तार गरिएकाले अहिले दैनिक १० बढी प्रसुति सेवा दिने गरेको बताए । अस्पताल ५० बेडको भएसंगै बिभिन्न सेवा सुबिधाहरु समेत बढेका उनले बताए । कोरोना ल्याब स्थापनाको काम आधा सकिएको छ । यस्तै चार बेडको आईसियु र भेन्टीलेरको निर्माण कार्य जारी रहेको छ । यस्तै प्रदेश सरकारको सहयोगमा नवजात शिशुहरुकालागि एनआईसियूको निर्माण कार्य जारी छ ।
प्रतिक्रिया