अर्थ-वाणिज्य

कृषि तथा पशु क्षेत्रको लगानीलाई नगरले प्रोत्साहन गर्ने ः नगर प्रमुख थारु



कपिलवस्तु कात्तिक २५

बाणगंगा नगरपालिकाका प्रमुख मंगर प्रसाद थारुले कृषि तथा पशु क्षेत्रको उत्पादनमुखी लगानी नगरको उच्च प्राथमिकतामा पर्ने बताउनु भएको छ । नगर प्रमुख थारुले माउण्ट एभरेष्ट सामाजिक विकास संस्था र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा संचालित पशुवस्तुको मूल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना अनुगमन तथा समन्वय समितिको सोमबार कोपवामा सम्पन्न वैठकलाई सम्बोधन गर्दै  यस्तो धारणा राख्नु भएको हो । नगर प्रमुख मंगल प्रसाद थारु परियोजनाको नगर स्तरीय अनुगमन समितिको प्रमुख समेत हुुनुहुन्छ । 

त्यस्तै वैठकमा बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले नगरले आगामी दिनमा किसान मैत्री योजना निर्माण गरी किसानलाई प्रोत्साहन प्रदान गर्ने कार्यमा कमी नराख्ने बताउनु भयो । उपप्रमुख अर्यालले नगरले चाहना गर्दा गर्दै पनि श्रोत साधनको अभावका कारण थुप्रै कार्य गर्न कठिनाई परेको जिकिर गर्नु भयो । त्यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम भट्टराई, वडा नं. ५ का वडा अध्यक्ष भिष्मराज भुसाल, माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासेलेले मन्तब्य राख्नु भएको थियो । 



कार्यक्रममा कार्यक्रम संयोजक दिपक खनालले परियोजना अन्तरर्गत भएका कार्यहरुको संक्षिप्त कार्य प्रगती विवरण प्रस्तुत गर्दै कार्यक्रमका मुख्य उपलब्धीका रुपमा सहकारीको शुसासन, बित्तिय ब्यवस्थापन, ब्यवसाय विकास, सामाजिक पूजी र संस्थागत विकासलाई ब्यवस्थित गर्ने कार्यलाई सिकाईको रुपमा लिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै कृषकलाई सहुलियत कर्जा प्रवाह, कृषकको दुध संकलन र बजारीकरण, घाँसको बीउ कृषकलाई सहयोग स्वरुप प्रदान गरिएको जस्ता कार्यलाई पनि उपलब्धीका रुपमा लिइएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 त्यस्तै वैठकमा आगामी दिनमा पशु दाना उद्योग संचालन, साना तथा ठूला पशु बीचको बीमा, शाखा रहित बैंकिङ्ग सेवा संचालन, दुध र दुध जन्य परिकारहरुको ब्रान्डिङ्ग तथा लेबलिङ्ग गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखिएको छ । 


अर्धवार्षिक समिक्षा गरिने कार्यक्रममा हेफर इन्टर नेशनल नेपालका कार्यक्रम अधिकृत राधाकृष्ण शर्मा, वडा नं. ४ का अध्यक्ष गणेश बहादुर क्षेत्री, वडा नंं ६ का अध्यक्ष सुकदेव थारु, कृषि शाखा प्रमुख लेस बहादुर केसी, पशु शाखा प्रमुख राजकुमार तिवारी, विहानी सामाजिक उद्यमी महिला  सहकारीकी अध्यक्ष तुल्सा थापा लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको सहजकर्ता खेमराज मरासिनीले जानकारी दिनु भयो । त्यस्तै कार्यक्रम पिएम सिसिका संयोजक मंगल प्रसाद थारुको अध्यक्षता र परियोजनाका सहजकर्ता नरमदा चुदालीको संचालनमा सम्पन्न भएको संस्थाले जनाएको छ । 

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६