प्रदेश

बहुविवाहले पुरायो १ महिनाको शिसु सहित हिरासतमा



गुल्मी २५ कार्तिक । बहुविवाहले एक महिलालाई भर्खर जन्मिएको एक महिनाको शिसु सहित प्रहरी हिरासतमा पुराएको छ । हुनत सुत्केरी अवस्थामा घरमा आराम गर्ने, स्याहारसुसार पाउने बेला हो। सुत्केरीले आफ्नो र बच्चाको खुवै ख्याल गर्नुपर्ने बेला हो। यो चिसो समय भएकाले अरु बेलाभन्दा अझै विचार गर्नुपर्ने हो। तर, विधिको विधानले धुर्कोट गाउँपालिका ७ वाग्लाकी २८ वर्षीया रमिता भुसाल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्।

    उनीसंगै श्रीमान् ३३ वर्षीय मनिराम घिमिरेलाई प्रहरीले तीन दिन अघि बहु–बिबाह मुद्धामा बुटवलबाट गिरफ्तार ग¥यो । हिरासत सुविधा सम्पन्न हुने कुरै भएन। चिसो ठाउँ र मौसम भएकाले घरमै बस्नेहरुलाई पनि अहिले समस्या छ। सामान्य मानिसलाई त समस्या छ भने रमिताले कसरी सुत्केरी ज्यान सम्हालेकी होलिन्। मनिरामकी जेठी श्रीमतीले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिइन्। उनी आफै प्रहरी लिएर कोठा चहार्दै बुटवल पुगिन्। प्रहरी व्यक्तिगत अवस्थाको मूल्यांकनभन्दा उजुरीलाई प्रमुख ठान्यो।

    कोठाबाटै गिरफ्तार गरेर तीन जनालाई गुल्मी प्रहरीको हिरासतमा राख्यो ।दिउँसोमा रमिता भुसाल सामान्य कार्पेटमा जिल्ला प्रहरी कार्यालय गुल्मीको प्राङगणमा बस्छिन्। सुत्केरी भएदेखिको रगत अभैm बसेको छैन। हिरासतमा खानपान सहित स्वास्थ्यमा समेत समस्या भएकाले बाहिर बस्ने व्यवस्था मिलाइदिने गरी समन्वय गरिदिन मिडियासँग आग्रह गरिन्। हिरासतमा विभिन्न आरोपका व्यक्तिहरु आउने जाने क्रम भएकाले आमाछोरालाई चिसोसंगै कोरोना संक्रमणको डर उत्तिकै छ ।दिउँसोमा बच्चासहित बाहिर बसेकी रमिताको दृश्यले प्रहरीमा पुग्ने जो कसैको मन बिचलित हुन्छ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जेठी श्रीमतीले उजुरी दिएपछि बुटवलबाट गिरफ्तार गरिएको बताए। उनले चिसो र संक्रमणको डर भएपनि मुद्धा अनुसार हिरासतमै बस्नुपर्ने बताए। उनले कानुनको प्रक्रिया नै त्यस्तै भएकाले आफुहरु छिटोभन्दा छिटो अदालत पेश गर्ने योजनामा रहेको बताए। पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जर्नादन घिमिरेले मुद्धा जटिल नभएकाले सुत्केरी र कोराना संक्रमणको जोखिमलाई प्रहरीले ख्याल नगरेरै गिरफ्तार गर्नुले मानवअधिकारको हनन भएको आरोप लगाए।

    उनले कानुनअनुसार कारबाही चलाउनुका साथै सुत्केरी र बच्चाको स्वास्थ्यमा पनि गम्भीर रुपले चासो दिनुपर्ने बताए। घरपरिवारले सुत्केरीलाई कसैको जिम्मेवारीमा राखेर स्याहार–सुसार गर्न पाउनुपर्ने माग राखेका छन्। उनीहरुले बजारमै पनि प्रहरीकै निगरानीमा पनि आफुहरुले छुट्टै हेरविचार गर्न पाए चिसो र संक्रमणबाट जोगाउन सकिने जेठाजु यमलाल घिमिरेले बताए। 

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६