अन्तर्राष्ट्रिय

ट्रम्पद्धारा रक्षामन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त



काठमाण्डौ २५ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाउनुभएको छ ।उहाँले ट्वीटरमार्फत् एकजना उच्च अधिकारीलाई पदबाट बर्खास्त गरिएको घोषणा गर्नुभएको हो । नेशनल काउन्टर टेरोरिजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बीबीसीको खबरमा उल्लेख छ । एस्परलाई निष्कासित गरिएकोबारे कारण भने खुलाइएको छैन ।

 पछिल्ला केही हप्ता ट्रम्प र एस्परबीच सार्वजनिक रुपमै फरक मत देखिन थालेको थियो । केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्नका लागि ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिनुभएको थियो ।अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसक्नुभएको छैन । अमेरिकामा आउँदो जनवरी २० मा बाइडेनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले निर्णय गर्न पाउनुहुनेछ ।

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६