काठमाडौं २६ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्य मनोनित गरेको निर्णय बदर गरी मन्त्री नबनाइयोस् भनी दायर भएको रिटको सुनुवाई हुँदैछ । उनले राष्ट्रिय सभा सांसद बनेर सपथ नै खाइसके पनि सर्वोच्च अदालतमा परेको रिटका कारण नियुक्ति अड्किएको छ ।गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् । सो मनोनयनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै असोज ५ गते रिट दायर गरेका थिए ।
२६ कार्तिक २०७७, बुधबार
प्रतिक्रिया