दाङ २६ कार्तिक । चितुवाको छाला र लागुऔषध अफिमसहित दाङमा प्रहरीलेदुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ८ को वनगाउँबाट प्रहरीले मङ्गलवार राति उनीहरुलाई पक्राउ गरेको हो ।चितुवाको छाला र अफिमको कारोबार भइराखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका १२ का २६ वर्षीय मधु डाँगी र प्युठानको नौबहिनी गाउँपालिका ५ का २७ वर्षीय धनसिंह टमटालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट तीन किलो सात सय ५० ग्राम (अफिम) र पुच्छरसहितको ६ फिट ११ इन्च लम्बाइको चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२६ कार्तिक २०७७, बुधबार
प्रतिक्रिया