प्रदेश

महिला नेतृ भनेवाटै बिभेदको शुरुवात : सांसद घिमिरे



कपिलवस्तु कार्तिक २६ ।महिलालाई नेतृ नभनि महिला नेताको रुपमा सम्बोधन गर्नुपर्ने राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले बताउनु भएको छ । राजनितिक क्षेत्रको बराबर पद र प्रतिष्ठामा बसेका महिला र पुरुषबिच कुनैपनि बिभेदकारी शब्द प्रयोग नगर्न आग्रह गर्नुभयो । महिला पनि नेता नै हुन नेतृ भन्ने शब्दले महिलालाई पूनः दोस्रो दर्जा दिएको हो की भन्ने आफूलाई लागेको बताउनु भएको छ । कपिलवस्तुको बाणगंगा वडा नं ७ ले राखेको सिलाई मेसिन वितरण कार्यक्रमलाई सम्बोधन गर्र्दै सांसद घिमिरेले यस्तो बताउनुभयो । उहाले काुनन र राजनितिक हिसाबले महिला अघि बढिरहेको बताउदै संबिधानमा उल्लेख गरिएका महिलाका अधिकारलाई महिलाले लिनसक्नुपर्नेमा जोड दिनुभयो । 

    महिलाले आफ्नो पितृसत्तात्मक चेतनालाई क्रमश परिवर्तन गर्दै सकरात्मक सोचका साथ अघि बढनुपर्ने समेत औल्याउनुभएको छ । कार्यक्रममा सिलाई मेसिन वितरण गर्दै सांसद घिमिरेले लक्षित बर्गका कार्यक्रममा मात्र होईन बिकास निर्माण ,बजेट र योजना कार्यान्वयनको पाटोलाई पनि महिलाले उत्तिकै चासो दिनपर्ने स्पष्ट पार्नुभयो । यस्तै कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य बलाराम अधिकारीले गाउँतहसम्म अहिले पनि कानुन बन्ने चरणमा रहेको बताउदै ३/४ बर्षको अबधिमा करिब ७० प्रतिशत कानुन बनेको जानकारी गराउनुभयो । 

    उहाले सरकारले गरेका गरेका राम्रा कामको मिडिया मार्फत उचित प्रचार नहुदा जनताले सरकारलाई नकरात्मक आलोचना गरिरहेको पनि बताउनुभयो । बिकासको गति रोकिदैन र कहिले पनि सकिदैन भन्दै उहाले आर्थिक सामाजिक र राजनैतिक क्षेत्रमा सबै एकजुट भई बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिष्णु् गिरीले सिलाई कटाई ब्यवसाय गरि बसेका लेबल एक र दुई तालिम प्राप्त वडा भित्रका २७ जना महिलाहरुलाई प्रोत्साहन मार्फत सिलाई मेसिन वितरण गरिएको बताउनुभयो । 

    वडाले समयमै आफुना योजनाहरु सम्पन्न गर्ने लक्ष्यका साथ हरेक बर्षमा जस्तो लक्षित बर्गका कार्यक्रमलाई तिब्रता दिईरहेको बताउनुभयो । चालु आ.व २०७७/७८ को कार्तिक तेस्रो सातामासम्म ८ वटा योजनाहरु सम्पन्न भईसकेको पनि जानकारी गराउनुभयो । वडाले हालसम्म सयौ महिलाहरुलाई ब्यवसायिक तालिम दिईसेकेको बताउदै सिलाई मेसिनलाई उचित ढंगले प्रयोग गरि ब्यवसायिक महिलाको रुपमा चिनाउन समेत आग्रह गर्नुभयो । कार्यपालिका सदस्य साबित्रा थारुको स्वागत मन्तब्य र वडा अध्यक्ष गिरीको अध्यक्षतामा शुरु भएको कार्यक्रममको सञ्चालन वडा सचिब कृष्ण प्रसाद खनालले गर्नुभएको थियो ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६